नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले तीज मिलन कार्यक्रम गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न तीज मिलन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको उपस्थिति थियो । तीज मिलन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र उहाँकी धर्मपत्नीसँगै नाचेको दृश्य देखियो।
नेपाली चेलीको शान-तीज पर्व हाम्रो पहिचान' भन्ने मूल नाराका साथ आयोजित तीज मिलन कार्यक्रममा नगर प्रमुख विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले तीजको महत्व र महिमा उल्लेख गर्दै शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख इन्द्र केसीले गरेका थिए नेपालगञ्ज उपमहानगरपालिकाले पहिलोपटक गरेको संस्थागत तीज मिलन कार्यक्रममा उल्लेख्य मात्रामा कर्मचारी महिलाहरुको उपस्थिति थियो । त्यसक्रममा उनीहरु छमछमी नाचेका थिए । नगर प्रमुख प्रशान्त विष्ट र उनकी धर्मपत्नी रेखा केसी विष्टले छमछमी नाचेर तीज मिलन कार्यक्रमको सुरुवात गरेका थिए ।
ADVERTISEMENT

