
उक्त कार्क्रममा नेपालका ९ सहित २०० भन्दा बढी चित्रकार सहभागी थिए । कार्यक्रममा देशारसहित ४ अन्तर्राष्ट्रिय तथा २० राष्ट्रिय चित्रकारहरूलाई कलारत्न सम्मान गरिएको थियो । सम्मानपश्चात् देशारले अघिल्लो पुस्ताका चित्रकार र नयाँ पुस्ताका चित्रकारबिच बढ्दै गएको खाडल पुर्नुपर्ने आवश्यकता रहेको बताए । उनले कलाको पुस्तान्तरण गर्नु जरुरी रहेको जोड दिए । नेपालबाट देशारसहित चित्रकार राजेश महर्जन, बालकिशोर चौधरी, प्रिन्स महर्जन, नरबहादुर विक, सुनैना ठाकुर, दोर्जे गुरुङ लामा, निदेश श्रेष्ठ र चित्रबहादुर बुढा मगरको सहभागिता थियो ।