
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासो सेवाग्राहीले कार्यालय प्रमुख वा विभागीय प्रमुखसँग गर्न सक्नेछन् ।विभिन्न माध्यम र प्रक्रियाबाट आएको गुनासो सम्बन्धित निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत प्राथमिकताका साथ सुनुवाइ गर्ने व्यवस्था मिलाएको सहसचिव तिवारीले बताए । उनले भने, ‘सम्बन्धित निकायबाट गुनासो सुनुवाइ हुन सकेमा गुनासो कक्षको इमेल ( hellogriha@gmail.com), फेसबुक (हेलो गृह मन्त्रालय), एक्स हेलो गृह mohagunaso, ह्वाट्सएप (९८५१३६०६०३) र हुलाकमार्फत लिखित रूपमा पनि गुनासो राख्नु सकिनेछ ।
