काठमाडौं । न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठले शुक्रबार अवकाश लिएका छन् । १५ मंसिर २०७७ मा न्यायपरिषद्को सदस्यमा नियुक्त भएका उनले चार वर्षे पदावधि पूरा गरी अवकाश लिएका हुन् ।न्यायपरिषद्ले शुक्रबार परिषद्को सचिवालयमा एक कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरेको हो । कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश एवं न्यायपरिषद् सदस्य सपना प्रधान मल्ल लगायत उपस्थित थिए ।
ADVERTISEMENT