
लेखा परीक्षणमा संलग्नहरूको इमानदारिता र नैतिकताले उच्च महत्त्व राख्ने बताउँदै पोखरेलले लेखा परीक्षणको गुणस्तरमा सुधार गर्न लेखा परीक्षकहरूले आफ्नो स्वतन्त्रता, निष्ठा, विश्वसनीयता, व्यावसायिकता र मूल्यमान्यतामा आँच आउन दिन नहुने बताए । उनका अनुसार लेखा परीक्षकहरूले सार्वजनिक प्रशासनमा रहेको विकृति, समस्याहरू हटाउन कार्यान्वयन योग्य सुझावहरू दिनुपर्छ । लेखा समिति र महालेखा परीक्षक कार्यालयको कार्यसम्पादनमा सहकार्य हुँदै आएको बताउँदै उनले लेखा परीक्षणलाई गुणस्तरीय बनाई यसको प्रभाव अभिवृद्धि गर्न आगामी दिनमा लाग्नुपर्ने बताए ।