
समितिले बालबालिकासम्बन्धी स्थानीय तहहरूले बनाएको ऐन र ऐनको कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तहका सामाजिक तथा बालबालिका शाखा, शिक्षा शाखा र सरोकारवालाहरूसँग छलफल गर्ने सभापति दाहालले बताइन् । उनले कोशी प्रदेशमा मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस प्रदेशमा मधेसी समुदायका बालबालिकाको अवस्थाका बारेमा अध्ययन गरिने बताइन् ।समितिका दुई वटा टोली स्थलगत अध्ययन तथा भ्रमणको लागि भ्रमणमा जानेछन् ।
कोशी तथा मधेस प्रदेशको स्थलगत भ्रमणमा जाने टोलीले विराटनगर, जनकपुर, सिराहा र उदयपुरमा रहेका स्थानीय तह र बाल क्लबहरूसँग छलफल गर्नेछ । यता कर्णाली तथा लुम्बिनी प्रदेशमा जाने टोलीहरूले नेपालगन्ज र सुर्खेत लगायतका क्षेत्रमा छलफल तथा अध्ययन गर्नेछ । भ्रमण तालिका चार दिनको रहने सभापति दाहालले बताइन् ।