नेपालगन्ज : २०७७ साल देखि बाँकेमा कार्य सुरु गरेको शान्ति पुनस्थापना गृह बाँके शाखाले आर्थिक वर्ष २०८० /८१ मा २९८ जना महिला तथा बालबालिकाको उद्दार गर्न सफल भएको छ । नेपालगन्जमा आव २०८०-८१ मा संचालित कार्यक्रमको सामाजिक लेखा परिक्षणको कार्यक्रमको आयोजना गर्दै गृहले उद्दार तथा परामर्श दिएको तथ्यांक सार्वजनिक गरेको हो ।गृहले यो आवमा ९ हजार ८ सय ९५ जनालाई सुचना तथा परामर्श प्रदान गरेको जनाएको छ । त्यस्तै यहि अवधिमा २९८ उद्दार गरिएको मध्य ५ जना भारत तथा अन्य मुलुकबाट उद्दार गरिएको जनाएको छ ।
त्यस्तै गृहले ३ जना बिरुद्ध मुद्दा दर्ता गरेको र ४ जना पिडितलाई सीप आर्जन एवं लामो अवधिको पुनःस्थापनाको लागि पठाइएको र ४२ जनालाई प्रहरीमा जिम्मा लगाएको तथ्यांक सार्वजनिक समेत गरेको छ ।मानव बेचबिखन तथा ओसारपोसारका विरुद्धमा काम गर्दै आएको शान्ति पुनस्थापना गृहले २५२ जना महिला तथा बालबालिकालाई अभिभावकको जिम्मा लगाएको जनाएको छ ।
शान्ति पुनस्र्थापना गृह ललितपुरमा दर्ता भएर हाल नेपालको सुदुरपश्चिम प्रदेशको जिल्लाहरु र लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही र लगायत अन्य प्रदेश र सोको जिल्लाहरूमा काम गर्दै आएको छ ।शान्ति पुनस्थापना गृहले बाँकेको विभिन्न ५ स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन विरुद्धको कार्यक्रम संचालन गरिरहेको छ गृहले जनाएको छ । कार्यक्रममा लुम्बिनी प्रद्व्श संसद माया पुन तथा गृहकी अध्यक्ष शान्ता सापकोटाले धारणा समेत राख्नु भएको थियो ।
ADVERTISEMENT