
विसं २०५९ स्ववियुमा पुनः दोस्रोपटक उपसभापति, २०६२ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति, २०६७ नेकपा (एमाले) पर्वत जिल्ला कमिटी सचिवालय सदस्य, २०७२ सालमा पर्वतको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित, २०७४ सालमा उनी पर्वतबाट पहिलोपटक संघीय सांसद बनेका हुन् ।मन्त्री गिरी २०७५ सालमा एमाले गण्डकी कमिटी सदस्य, १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सहइञ्चार्ज, २०७९ मङ्सिरमा दोस्रो पटक पुनः उनी संघीय सांसद बनेका थिए । यसअघि उनी २०७९ माघ ३ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थिए ।