कीर्तिपुर मतगणना : सात वडाको सकियो, तीन वडाको गन्न बाँकी
zeenepal
२०८१ मंसिर १७,
9
Shares
काठमाडौं । कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । १० वटा वडा रहेको नगरपालिकामा सात वटा वडा १ देखि ७ नम्बर वडा को मतगणना भइसकेको छ । अब तीन वटा ८, ९ र १० वडाको मात्र मत गन्न बाँकी छ ।मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार सम्भवतः आजै राति १० देखि ११ बजेसम्ममा मतगणनाको अन्तिम नतिजा आइसक्ने छ ।
अहिले वडा नम्बर ८ को मतगणना भइरहेको छ । जनशक्ति थपेर तीन टोलीले मतगणना गरिरहेकोले सम्भवतः राति १० देखि ११ बजेसम्ममा अन्तिम नतिजा आइसक्ने छ,’ उनले भनिन् ।पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।डंगोलले ३ हजार ३८५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा डंगोल ६५९ मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत प्राप्त गरेका छन् ।यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ३१७ मत प्राप्त गरेका छन् ।
केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार २०७ मत प्राप्त गरेका छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो ।