जनकपुर । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले सरकारप्रति असन्तुष्टि पोखेका हुन् ।
उनले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका बताए । अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताए । उनले धेरै आशा गर्दा काम कम हुने र रिस उठ्ने भन्दै धरै कामको अपेक्षा नै नराखेको उल्लेख गरे । वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमानदारितापूर्वक सत्ता ह