
कार्यक्रममा उनले नेपालका कम्युनिस्ट आन्दोलनले माओबाट दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध कसरी लाग्नुपर्छ भन्नेबारे सिक्न जरुरी बताए । अहिले नेपालको राजनीतिक अवस्था न हास न बकुल्लाको चाल जस्तो भएको भन्दै सत्ताको झिनाझम्टिमा मात्र लागिरहने हो ? भनेर प्रश्न गरे । साथै जनजीविकाका सवाललाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।