
उपप्रधानमन्त्री सिंहले पहिचानको सुरक्षा र संवर्द्धन गर्दै अघि बढ्न जरुरी रहेको बताए । प्राप्त अधिकारको सुरक्षा र संवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने उनले बताए । उनले भने, ‘हामी सबैले प्राप्त गरेको यो अधिकार सजिलैसँग प्राप्त गरेको होइन । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरूलाई यसलाई सुरक्षित राख्दै, संस्थागत गर्दै हामीले यसै अधिकारलाई सुरक्षित र संस्थागत गर्दै आउँदै गरेको दिनमा आम नेपाली जनता, राष्ट्र र समाजलाई उन्नतिको एउटा उन्नत, सम्पन्न राष्ट्र बनाउन लाग्नुपर्छ ।उपप्रधानमन्त्री सिंहले पुर्खाले छाडेका रीतिथिति र परम्परा जोगाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताए । पुर्खाले छोडेर गएका संस्कार र संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको उनले बताए ।