
नेपाल सगरमाथाको देश भएको र जस्तोसुकै हुरी बतास आए पनि केही नहुने टिप्पणी गर्दै उनले भारतले अझै पनि नेपालमाथि सफ्ट ब्लकेड लगाइरहेको दाबी गरे । चीनको लगानीमा बनेको भैरहवा र पोखरा एयरपोर्टमा जहाज उड्न नदिनु ब्लकेड रहेको दाबी गर्दै उनले नेपालमा भारतले चार पटक नाकाबन्दी गरिसकेको बताए । उनले अहिले पनि हल्का खालको नाकाबन्दी जारी रहेको दाबी गरे ।खनालले चीनसँग सदियौँदेखि राम्रो सम्बन्ध रहेको र अहिले पनि उच्च खालको सम्बन्ध रहेको दाबी गरे । उनले भने, ‘सबै देशसँग एक खालको सम्बन्ध हुँदैन कसैसँग विशिष्ट सम्बन्ध हुन्छ भने कसैसँग सामान्य सम्बन्ध हुन्छ । चीनसँग नेपालको विशिष्ट सम्बन्ध रहेकाले बीआरआई जस्तो प्रोजेक्ट स्वीकार गरेको हो ।’