
सन् २०१५ मा भारत र फ्रान्सको संयुक्त प्रयासमा ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न आईएसएको स्थापना भएको हो । यो सौर्य स्रोतमा धनी देशहरूको गठबन्धन हो ।
सम्झौताका पक्ष राष्ट्रले आईएसएमार्फत आफ्ना आवश्यकता अनुरूप सौर्य ऊर्जा उत्पादन सम्बन्धी कार्यक्रमहरूमा सहकार्य गर्ने छन् । आईएसए कार्बन तटस्थ भविष्यको लागि सौर्य ऊर्जा अपनाउने अग्रसरतामा समर्पित विश्वव्यापी अन्तर सरकारी संस्था हो ।प्राविधिक लागत र वित्तीय बाधाहरू कम गर्दै सौर्य लगानी प्रवर्द्धन गर्नु आईएसएको मुख्य लक्ष्य हो । किफायती सौर्य समाधानहरू लागू गर्न यसले विभिन्न सरोकारवालाहरूसँग सहकार्य गर्दै आएको छ ।