सदस्यता नवीकरण चैत मसान्तभित्र सक्ने कांग्रेसको निर्णय
zeenepal
२०८१ पुष १९,
6
Shares
काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणको कार्य चैत मसान्तभित्र सक्ने निर्णय गरेको छ ।सदस्यता व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यो वर्षको अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर सक्ने निर्णय भएको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी गराए।
क्रियाशील सदस्यता नवीकरणको कार्य सक्नका लागि कार्ययोजना बनाएर चैत मसान्तसम्म टुंगाउने निर्णय गरिएको छ,’ स्नेहीले अनलाइनखबरसँग भने ।क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय गरिएको छ।