
त्यस्तै बैठकले गत मंसिर २० मा विपद् कार्यकारी परिषद्ले विपद्बाट भएको क्षतिको आकस्मिक मर्मत सम्भार, लगायतका कार्य गर्न आवश्यक बजेट व्यवस्थापनको लागि सम्बन्धित मन्त्रालयको बजेटबाट आन्तरिक व्यवस्थापन गर्ने निर्णय गरेको थियो भने विपद् प्रभावित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट आकस्मिक मर्मत सम्भारका लागि ४० लाख प्रदान गर्ने निर्णय गरेको थियो ।त्यसै गरी गत कात्तिक ६ मा बसेको विपद् कार्यकारी परिषद्को बैठकले काभ्रेको रोशी गाउँपालिकालाई विपद् व्यवस्थापनका लागि थप १२ लाख रुपैयाँ प्रदान गर्ने, विपद् प्रभावित स्थानीय तहहरूको लागि १ करोड २० लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय शुक्रबार बस्ने प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस गरी निर्णय गराएर आर्थिक मामिला तथा योजना मन्त्रालयबाट बजेट व्यवस्था गर्नेछ ।