काठमाडौं ३ असार। नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए । विज्ञप्तिमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र ट्रिनिडाड एण्ड टोबागोको तर्फबाट राष्ट्रसंघका लागि ट्रिनिडाड एण्ड टोबागोका स्थानीय प्रतिनिधि तथा राजदूत डेनिस फ्रान्सिसले हस्ताक्षर गरेका थिए ।
ADVERTISEMENT