सिके राउतलाई कांग्रेस नेता यादवले भने- हामीमाथि औंला उठाउने अधिकार छैन
zeenepal
२०८१ पुष २३,
72
Shares
जनकपुरधाम । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले मधेशमा कांग्रेस र नेकपा एमालेप्रति आरोप लगाउने अधिकार जनमत पार्टीलाई नभएको बताएका छन् । जनमतले लगाएको आठबुँदे गम्भीर आरोपको खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।मधेश प्रदेश सभाको चौथो अधिवेशनको प्रथम बैठकमा शुभकामना मन्तव्य राख्दै कांग्रेस संसदीय दलका नेता समेत रहेका यादवले जनमतका अध्यक्ष डा। सिके राउतले लगाएको आरोप पुष्टि गर्न चुनौती समेत दिए ।
मधेशमा कांग्रेस र एमालेप्रति आरोप लगाउने अधिकार राउतलाई नभएको उनको तर्क छ । उनले बौद्धिक रूपमा डा. सिके राउत अगाडि भए पनि व्यवहारिक रूपमा कमजोर रहेको आरोप लगाए ।जनमतका अध्यक्ष डा. सिके राउतले कांग्रेस र एमालेप्रति के आधारमा मुख्यमन्त्रीलाई घेराबन्दी गरेर भ्रष्टाचार गरेको भन्नुभयो ।
आउनुस् डिबेट गर्नुस्,’ उनले भने,आफू गर्न सकेन भने अरूलाई दोष देखाएर हुन्नँ । मधेशमा तपाईंकै नेतृत्वको सरकार छ । कांग्रेसएमाले सत्ता घटक दल हो । गर्न सकेन भने मुख्यमन्त्रीसँग सोध्नुस् । कांग्रेस र एमालेमाथि औंला उठाउने अधिकार तपाईंलाई छैन ।उनले सरकारले अहिलेसम्म विकासे काम नै अघि बढाउन नसकेको र मुख्यमन्त्रीले नै कर्मचारीको सरुवा/बढुवा लगायतको बढी काम गरेको बताउँदै कसले भ्रष्टाचार गर्यो भन्ने कुरा प्रष्ट हुने तर्क गरे ।विगतमा जनतमा थुप्रै आश्वासन बाँडेको र सत्तामा आएपछि सरकारले काम अघि बढाउन नसकेकाले आफैँ गर्न नसक्ने र अरूमाथि औंला उठाउने अधिकार डा. राउतको नभएको उनको भनाइ थियो ।