राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको छ : माओवादीनिकट कर्मचारी ट्रेड युनियन
zeenepal
२०८१ पुष २६,
9
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको टिप्पणी गरेका छन् ।संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि शुक्रबार संसदको राज्य व्यवस्था समितिको बैठकमा राय प्रस्तुत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।कर्मचारी ट्रेड युनियन सुशासनमा समस्या रहे जस्तो गरी दोषारोपण हुने गरेको उल्लेख गर्दै उनले भने, ‘सरुवाको समस्या ट्रेड युनियनमा होइन अन्त कतै छ । आस्थाका आधारमा सरुवा भइरहेको छ ।
नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले भट्टलाई प्रश्न गरे,यो आस्था भनेको के रहेछ ?’अध्यक्ष भट्टले जवाफ फर्काए, ‘आस्था भनेको कतै भोट हालेको आधारमा हो ।आवश्यकता पर्दा त्यस्तो प्रमाण दिन सकिन्छ ।एमाले सांसद श्रेष्ठले ‘ए’ भन्दै आफ्नो कुरा टुंग्याए ।नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भट्टले आफ्नो मनसाय कर्मचारी सरुवालाई लिएर कर्मचारी ट्रेड युनियनको बदनाम हुने गरेको तर यसको कारण अन्तै रहेको भन्ने बुझ्न आवश्यक रहेको बताए ।
कर्मचारी ट्रेड युनियनलाई सुशासनसँग समेत जोडेर टिप्पणी हुने गरेको भनेर उनले असन्तुष्टि जनाए ।सुशासन कायम हुन्छ भने, यसको जिम्मा कसले लिन्छ ? कसैले लिन्छ भने हामी ट्रेड युनियन खारेज गर्ने बहस गर्न तयार छौँ,’ उनले भने ।ट्रेड युनियनलाई व्यवस्थित गर्न सकिने तर आफ्नो हक हितका लागि कर्मचारीले ट्रेड युनियन रहनै नपाउने भन्न नमिल्ने उनको आग्रह छ ।