
सरकार फेरबदलको खेलमा नलागी जनताको साथमा रहेर नयाँ क्रान्तिको सुरुवात गर्ने बताउँदै उनले समाजवादी क्रान्तिका लागि पार्टी अगाडि बढेको बताए । समाजवादी क्रान्तिका लागि जेसुकैले त्याग गर्नुपरे गरौला भनी पार्टीका नेताहरूले प्रतिबद्धता जनाएको बताउँदै उनले समाजवादी क्रान्तिको पहलकर्ताको रूपमा अगाडि बढ्न आग्रह गरे अधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघको विभिन्न तहमा निर्वाचित पदाधिकारीलाई सम्मान पनि गरेको थियो । अधिवेशनले आजै नयाँ कार्यसमिति चयन गर्नेछ ।