शपथ ग्रहण सम्पन्न , व्यापारी बिमा , बाकी रकम मुद्दती खातामा जमा गर्न निर्णय
zeenepal
२०८१ माघ ३,
129
Shares
कपिलवस्तु , माघ । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले आज शपथ ग्रहण गरेका छन ।उद्योग वाणिज्य संघ कृष्णनगरकाे पुस १९ गते भएकाे निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गाेपनियताकाे शपथ खुवाउनुभएकाे छ ।
लुम्बिनी प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालकाे प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन संचारकर्मी सनिउल्लह धाेबीले गर्नुभएकाे थियाे ।कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, पुर्व राज्यमन्त्रीद्वय इश्वर दयाल मिश्र, विरेन्द्र कुमार कानाेडिया, पुर्व सांसद एवं संविधान सभा सदस्य अभिषेक प्रताप शाह , पुर्वप्रदेश मन्त्रीद्वय जानकी प्रसाद यादव , अर्जुन केसी , प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्की , मुस्लिम आयाेग का सदस्य अरसद मिर्जा, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरिक्षक निरन्जनदत्त भट्ट , रविदत्त मिश्र , कुनाल प्रताप शाह , पुर्व अध्यक्ष रामकुमार गुप्ता, विजय कुमार कानाेडिया , जावेद खां , संजय गुप्ता, सुशील श्रीवास्तव, ब्रहम्मानन्द उपाध्याय, राजेन्द्र केडिया लगायतकाे उपस्थिती थियाे ।