काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते (संविधान दिवस)को कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणीका एक सदस्यले बताए ।असोज ३ गते अधुरो संविधान बनाइएको र संशोधनका लागि पटक पटक आग्रह गर्दा पनि हुन नसकेको भन्दै लोसपाले त्यो दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले असोज ४ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे असोज ५ गतेदेखि आन्दोलनमा जाने निर्णय समेत गरेको छ भने बैठकले समानुपातिक सूची बनाउने जिम्मेवारी लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ । उक्त पार्टीमा प्रदेशबाट समानुपातिकका नाम सिफारिस भइसकेको छ ।
ADVERTISEMENT