काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन गर्ने भएको छ ।नेपाल बार एसोसिएसनले आगामी ३ फागुनदेखि तीन दिन ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ गर्न लागेको हो सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलनमा ३ सय कानुन व्यवसायी र मानव अधिकारकर्मीहरू सहभागी हुने बताए ।