डेंगु नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौँ महानगरपालिका
zeenepal
२०८१ आश्विन ९,
12
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका डेंगु नियन्त्रणका कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । बर्षायाममा साउन, भाद्र, असोज र कात्तिक महिनासम्म यस रोगको सङ्क्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ ।
यस अवधिमा महानगरले डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन रोगका लक्षण, उपचार, सावधानी हटलाइन ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ । डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ ।