काठमाडौँ । असनको एक घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार दिउँसो स्थानीय ऋतु तुलाधरको घरमा आगलागी भएको थियो ।आगलागीबाट गोदाममा रहेका ग्यास चुल्हो लगाएतका घरासयी सामाग्रीहरु जलेर नष्ट भएको छ । समयमा नै आगो नियन्त्रणमा लिइएका कारण अन्यत्र सल्कन नपाएको स्थानीयले बताएका छन् ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको समेत प्रहरीले जनाएको छ । आगो नेपाली सेना,नेपाल प्रहरी,स्थानीयवासी लगायतको प्रयासमा नियन्त्रणमा आएको बताइएको छ ।