
देशमा थुप्रै परिवर्तन भएको उल्लेख गर्दै यादवले त्यसका लागि गजेन्द्रनारायणले निकै सङ्घर्ष गरेको बताए । देशमा परिवर्तन भएपनि खस आर्यको शासन प्रणालीमा परिवर्तन नभएको बताउँदै यादवले भाषा, संस्कृतिमा कुनै परिवर्तन नआएको बताए । त्यस्तै,देशको ब्राह्मणवादी सोचमा पनि परिवर्तन नआएको उनले बताए । देशमा लोकतन्त्रका लागि प्रक्रिया सुरु भएपनि स्थापना नभएको बताउँदै उनले राजनीति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । अहिले यथास्थितिमा मधेसले आन्दोलन गरेपनि मुक्ति प्राप्त गर्न नसक्ने यादवले बताए ।