नेपालगन्ज माघ । हिरोको एक्स्ट्रिम सिरिज अन्तर्गत एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर मोटरसाईकल नेपालगन्जमा सार्वजनिक गरिएको छ । सीजी मोर्टर्सले नेपालगन्जमा विश्वको लोकप्रिय मोटरसाईकल हिरोको दुई मोटरसाईकलहरुको विविध कार्यक्रम गर्दै क्षेत्रीय ग्राण्ड लञ्चिङ गरेको हो । मोटरसाईकलको लन्चङ कार्यक्रमकाे प्रनिम दाहालले उद्घोषण गर्नुभएको थियो भने सीजी मोटर्सद्धारा नेपालगन्ज स्थित आफनो आधिकारिक बिक्रेता एमएस ट्रेड इन्टरनेसनलको माध्यमबाट न्युरोड गुम्बा नजिकै मोटरसाईकलको सार्वजनिक गरिएको थियो ।बिहिबार नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, २० नम्बर वडा अध्यक्ष कौशल कुमार धोवी, कार्यपालिका सदस्य बसन्त कनोजिया, नरेन्द्र ओली, एमएस ट्रेड इन्टरनेसनलका प्रबन्ध संचालक माधव अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई लगायतले मोटरसाईकलको सार्वजनिक गर्नु भएको थियो ।
मोटरसाईकल सार्वजनिक कार्यक्रममा नेपालका चर्चित गायक निशान भट्टराई सहितको टिमले प्रस्तुत दिएको थियो । एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर मोटरसाईकल लन्च कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपाली जनताले मन पराउने सवारी साधानको रुपमा हिरोका उत्पादन रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘हिरोको मोटरसाईकल धेरैले मनपराउनु हुन्छ । नेपालगन्जका जनताले यसलाई माया गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । नेपालगन्जमा आएर आफनो सांस्कृतिक प्रस्तुती दिनु भएका सम्पुर्ण कलाकार र हिरोको टिम, एमएस टेड इन्टरनेसनलका माधव अर्याल सहित सम्पुर्णलाई नेपालगन्ज उप–महानगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।
मोटरसाईकल सार्वजनिक कार्यक्रममा नयाँ मोटरसाईकल खरिद गरेका ग्राहकलाई साँचो हस्तान्त्रण गरिएको थियो । कार्यक्रममा एमएस ट्रेड इन्टरनेसनलका प्रबन्ध संचालक माधव अर्यालले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्ण दर्शक, अतिथीहरुलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रम अघि राइडरहरुले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर मोटरसाईकल सहित राइडिङ गर्नु भएको थियो । हिरो मोटोकर्पले एक्स्ट्रिम रेन्ज मार्फत नेपालका आधुनिक राइडरहरुको परिस्कृत माग तथा आवश्यकताहरु पुरा गर्दै शंक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाईकलको चाहना पुरा गर्ने उद्देश्य लिएको छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने कम्पनीले विश्वास लिएको छ । एक्स्ट्रिम १६० आर फोरभी प्रो को नेपाली मुल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मुल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९ सय रुपैयाँ रहेको छ ।
सार्वजनिक गरिएको नयाँ दुबै मोडेलहरु सहित एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाईकल र जुम ११० स्कुटर नवलपुरस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमासँगै असेम्बल गरिएको कम्पनीले जनाएको छ । हिरो मोटसाईकल तथा स्कुटरहरु नेपालको प्रतिष्ठित तथा लोकप्रिय ब्राण्डमा गनिन्छ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डहरुद्धारा नेपाली बजारमा बलियो पकड जमाएको छ ।
ADVERTISEMENT