काठमाडौं ६ असार। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले एकता र गठबन्धनका लागि पटक पटक लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई आग्रह गर्दै आइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एकताका लागि छुट्टाछुट्टै अनौपचारिक रुपमा प्रस्ताव गर्दै आएका हुन् । त्यसको बारेमा छलफल गर्नका लागि आज लोसपाले बैठक बोलाएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा सोमबार दिउँसो बस्ने शीर्ष नेताको बैठकले त्यस विषयमा धारणा तय गर्ने एक नेताले बताए । लोसपासमक्ष एकताका लागि औपचारिक प्रस्ताव नआएपनि विभिन्न स्रोतबाट नेता समक्ष कुराहरु आइरहेका हुनाले त्यसको विषयमा के गर्ने नगर्ने विषयमा नेताहरुले आज छलफल गर्ने बताइएको छ ।
साथै आजको बैठकमा लोसपाको केन्द्रीय समिति निर्माण, कार्यकारिणी समितिको विस्तार, भातृ संगठन निर्माणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
ADVERTISEMENT