अखिल क्रान्तिकारीमा इन्दिरा पुरी बनिन् सर्वाधिक मत पाउने उम्मेदवार
zeenepal
२०८१ माघ १८,
9
Shares
काठमाडौँ । अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि भएको निर्वाचनमा अनुशासन आयोगकी अध्यक्ष इन्दिरा पुरीले सर्वाधिक मत ल्याएकी छिन् । माघ १६ गते सम्पन्न मतगणनामा पुरीले ११ सय ६ मत ल्याएर विजयी भएकी हुन् ।
उनले सबै उम्मेदवारहरूको भन्दा लोकप्रिय मत पाएकी हुन् । पुरीका निकटतम प्रतिद्वन्द्वी अमिरराज खरेलले ६ सय ४ मत प्राप्त गरे । पुरी र खरेलको मतान्तर ५ सय २ मत रहेको छ । यस्तै दोस्रो मत पाउनेमा पनि अनुशासन आयोगको समावेशी उपाध्यक्ष खम्बुजङ मगर रहेकी छिन् । मगरले ९ सय १० मत पाइन् ।