नेपालगन्ज १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाँकेले चालु आर्थिक वर्षको माघ महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण सार्वजनिक गरेको छ । कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीको उपस्थितिमा सो विवरण सार्वजनिक गरिएको हो ।बाँके प्रहरीले माघ महिनामा सम्पादित कार्य अन्तरगत सार्वजनिक गरेको अपराध नियन्त्रण तथा कारवाहीबाट .१४ लाख ४३ हजार १ सय ९६ बराबरको अबैध भन्सार छलिको सामान पक्राउ गरी सम्बन्धित निकाय पठाएको छ ।मघ महिना मै ट्राफिक कारवाही तर्फ ३ हजार २ सय ९७ वटा सावरी साधनलाई कारवाही गरी .२५ लाख ४५ हजार राजस्व संकलन भएको जनाएको छ ।यसैगरी अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १ ट्याक्टर नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाई ५ हजार जरिवाना लिएको छ ।
ट्राफिक सचेतना तर्फ २ सय २० वटा सचेतनामुलक कार्यक्रम लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईटका बारेमा संचालन गरीएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेमा माघ महिनामा जम्मा १ सय ४६ वटा मुद्दा दर्ता भएकोमा १ सय ३५ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको प्रहरी उपरिक्षक कार्कीले जानकारी दिए ।उनले माघ महिनामै कार्यालयले ५८ वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको, ६१जना फरार अपराधी पक्राउ गरीएको, जसबाट २५ बर्ष ९ महिना २१ दिन कैद २० लाख ६ हजार ७ सय २७ जरिवाना असूल उपर गरिएको बताए ।यसैगरी कार्यालयमा ठाडो उजुरी ३ सय ९४वटा प्राप्त भएको ३ सय ८७ फछ्र्यौट भएको र ७वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ५४ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १ सय ९० ट्याब्लेट लागू औषध सहित ३४ जना ओसार पसारकर्ताहरुलाई कानूनी दायरामा ल्याईउन सफल भएको छ ।खाुला सिमा क्षेत्रका कारण लागू औषध ओसारपसार प्रहरीका लागि चुनौर्ती पूर्ण बन्दै गएको अवस्थामा लागू औषधको मुद्दामा सबैभन्दा बढी मुद्दा भएको पाईएको छ ।प्रहरीले माघ महिनामा हराएका ६ वटा मोटरसाईकल फेला पारि सम्बन्धित धनिलाई बुझाएको, हराएका ९ थान आईफोन, एन्ड्रईड मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाएको, नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जना पक्राउ गर्न सफल भएको जनाएको छ ।यसैगरी बिवाहमा युवकलाई कर्तब्य गरि मार्ने ६ जना पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाएको, नेपालगञ्जको टाँगास्टेशनमा ईरसाद कवडियालाई खुकुरी प्रहार गरि कर्तब्य गर्ने २ जना मानिस पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाउन सफल भएको छ ।
