नेपालगन्ज १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाँकेले चालु आर्थिक वर्षको माघ महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण सार्वजनिक गरेको छ । कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीको उपस्थितिमा सो विवरण सार्वजनिक गरिएको हो ।बाँके प्रहरीले माघ महिनामा सम्पादित कार्य अन्तरगत सार्वजनिक गरेको अपराध नियन्त्रण तथा कारवाहीबाट .१४ लाख ४३ हजार १ सय ९६ बराबरको अबैध भन्सार छलिको सामान पक्राउ गरी सम्बन्धित निकाय पठाएको छ ।मघ महिना मै ट्राफिक कारवाही तर्फ ३ हजार २ सय ९७ वटा सावरी साधनलाई कारवाही गरी .२५ लाख ४५ हजार राजस्व संकलन भएको जनाएको छ ।यसैगरी अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १ ट्याक्टर नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाई ५ हजार जरिवाना लिएको छ ।
ट्राफिक सचेतना तर्फ २ सय २० वटा सचेतनामुलक कार्यक्रम लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईटका बारेमा संचालन गरीएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेमा माघ महिनामा जम्मा १ सय ४६ वटा मुद्दा दर्ता भएकोमा १ सय ३५ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको प्रहरी उपरिक्षक कार्कीले जानकारी दिए ।उनले माघ महिनामै कार्यालयले ५८ वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको, ६१जना फरार अपराधी पक्राउ गरीएको, जसबाट २५ बर्ष ९ महिना २१ दिन कैद २० लाख ६ हजार ७ सय २७ जरिवाना असूल उपर गरिएको बताए ।यसैगरी कार्यालयमा ठाडो उजुरी ३ सय ९४वटा प्राप्त भएको ३ सय ८७ फछ्र्यौट भएको र ७वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ५४ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १ सय ९० ट्याब्लेट लागू औषध सहित ३४ जना ओसार पसारकर्ताहरुलाई कानूनी दायरामा ल्याईउन सफल भएको छ ।खाुला सिमा क्षेत्रका कारण लागू औषध ओसारपसार प्रहरीका लागि चुनौर्ती पूर्ण बन्दै गएको अवस्थामा लागू औषधको मुद्दामा सबैभन्दा बढी मुद्दा भएको पाईएको छ ।प्रहरीले माघ महिनामा हराएका ६ वटा मोटरसाईकल फेला पारि सम्बन्धित धनिलाई बुझाएको, हराएका ९ थान आईफोन, एन्ड्रईड मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाएको, नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जना पक्राउ गर्न सफल भएको जनाएको छ ।यसैगरी बिवाहमा युवकलाई कर्तब्य गरि मार्ने ६ जना पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाएको, नेपालगञ्जको टाँगास्टेशनमा ईरसाद कवडियालाई खुकुरी प्रहार गरि कर्तब्य गर्ने २ जना मानिस पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाउन सफल भएको छ ।
बाँके प्रहरीले बैदेशिक रोजगारमा जापान पठाई दिन्छु भनी १ करोड २३ लाख रकम ठगी गर्ने ब्यक्ति पक्राउ गर्न सफल भएको, सवारी दुर्घटना गरि फरार भएका मानिस पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाउन सफल भएको छ ।बाँके प्रहरीले महिला बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धान÷कारवाही अन्तरगत १० वटा मुद्दा दर्ता भएकोमा ९ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको, घरेलु हिंसा सम्बन्धी ४० वटा उजुरी प्राप्त भएकोमा ३३ वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, सामाजिक हिंसा सम्बन्धी २२ वटा उजुरी प्राप्त भएकोमा २१ वटा मिलापत्र गरिएको बाँकी प्रक्रियामा रहेको जनाएको छ ।यसैगरी हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धमा ५५ वटा निबेदन प्राप्त भएकोमा २६ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेका, सिमानाकाबाट १ सय १६ जना महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई उद्धार गरिएको, अलपत्र अवस्थामा ५६ जनालाई फेला पारी ५१ जनालाई संरक्षणको लागि संस्थामा पठाईएको ।

