प्रिन्स मिश्र कपिलवस्तु ।। कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्जमा रहेको फलाहारी बाबा बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनका लागि अनेरास्ववियु र समाजवादी बिद्यार्थी यूनियनको गठबंधनबाट सभापति पदमा बिष्णु यादवले उमेदवारी दर्ता गराएका छन् । निर्वाचनमा अनेरास्ववियु र समाजवादी बिद्यार्थी यूनियनको गठबंधनबाट सभापतिमा बिष्णु यादव,कोषाध्यक्षमा बीरेन्द्र चौधरी र सचिवमा प्रचंड मिश्रा लगायत सदस्यहरुले उमेदवारी दर्ता गराएका युवा नेता अटल यादवले जानकारी गराएका छन ।चैत २८ गते उमेदवारकाे नामावलीमाथि दावी विराेध गर्ने र छानबिन गरी नामावली प्रकाशित गर्ने कार्यतालिका छ । त्यस्तै उमेदवारकाे अन्तिम नामावली प्रकाशित भएपछि प्रचारप्रसार गर्न पाउनेछन् । आगामी बुधबार राति १२ बजे सम्म मात्रै प्रचारप्रसार गर्न पाइने जनाइएको छ । स्ववियु निर्वाचनकाे मतदान चैत ५ मा बिहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म हुनेछ ।