गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
zeenepal
२०८१ फाल्गुन २८,
12
Shares
काठमाडौँ — नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् ।बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको स्मरण गराए । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ ।
उनले भने, ‘चेकमा गलत रकम लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सच्चिहाल्छ ।’उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरीवाना गर्ने/नगर्ने लगायतका विषयमा कानुनी व्यवस्था भइसकेको बताए ।