
देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनातन हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे । राप्रपा आन्दोलन परिचालन समितिले फागुन महिनाभरि सातै प्रदेशका प्रमुख सहरहरूमा मोटरसाइकल र्याली सञ्चालन गर्ने र चैत महिना काठमाडौँ केन्द्रित आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।