बजार अनुगमनसंगै जरिवाना पर्ने ब्यवसायीक फर्मकाे संख्या पनि बढ्दाे
zeenepal
२०८१ चैत्र ३,
3
Shares
नेपालगन्ज । बजार अनुगमनसंगै जरिवाना पर्ने ब्यवसायीक फर्मकाे संख्या पनि बढ्दाे छ ।वाणिज्य कार्यालय नेपालगन्जका अनुसार पछिल्लो तीन बर्षयता सोर्ह सय हाराहारीमा व्यवसायिक प्रतिष्ठानमा अनुगमन गरिएको थियाे । त्यसमध्ये अढाई सय फर्मलाई जरिवाना गरिएको थियाे ।
हेर्नुस् तीन वर्षयताकाे तथ्यांक
वाणिज्य कार्यालय नेपालगन्जका निमित्त प्रमुख हरि बहादुर खत्रीले बजार अनुगमनकाे कामलाई प्रभावकारी बनाइरहेकाे बताउनुभयो ।विश्व उपभोक्ता अधिकार संरक्षण दिवसका अवसरमा कार्यालयले आयोजना गरेकाे अन्तरक्रियामा प्रमुख खत्रीले उपभोक्ता अहित गर्नेलाई खोजीखोजी कारवाही गर्ने उल्लेख गर्नुभयाे ।