नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिले पूर्णता पाएको छ । मस्जिदका निर्वतमान अध्यक्ष फिदा हुसेन अन्सारी नेतृत्वको समितिले राजिनामा दिएपछि लामो समयदेखि नेतृत्व विहिन रहेको जामा मस्जिद इदगाह सञ्चालक समितिमा तदर्थ समितिका अध्यक्ष एवम नेपालगन्ज-३ का वडाअध्यक्ष समेत रहेका मोहम्मद अयुव सिद्धिकीले ८ महिना सम्म पनि निर्वाचन गराउन नसकेपछि मुस्लिम समुदाय आन्दोलित हुदै आएका थिए ।मुस्लिम समुदायले निरन्तर आन्दोलन गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षिय बैठकको निर्णय अनुसार संस्था दर्ता ऐन, २०३४ अनुसार रहमान मियाँको ध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको हो । असन्तुष्ट पक्ष र राजनीतिक दलका नेताको रोहवरमा बसेको सर्वपक्षिय बैठकले समितिलाई पूर्णता दिएको हो ।
नव गठित समितिको अध्यक्षमा रहमान मियाँ, उपाध्यक्षमा रौनक अली इद्रिसी, महासचिव ऐनुद्दीन अन्सारी, सह–सचिवमा अब्दुल अजिज काजी अन्सारी र कोषाध्यक्षमा मोहम्मद हुसेन हल्वाई सर्वसम्मत छानिएका छन् । यस्तै सदस्यहरुमा आलम खान, मोहम्मद सरिफ बागवान, अब्दुल गफ्फार खाँ (चाँद), हाजी यासिन, निजाम अली इद्रिसी, कारी सगिर खाँ, रहिस हल्वाई, सुफियान सल्मानी, सहबुद्दिन हल्वाई, इसहाक सिद्धिकी, सगीर खाँ र सलाहुद्दिन हल्वाई रहेका छन् ।समितिले पूर्णता पाएपछि मस्जिदको संरक्षण तथा सम्वद्र्धन र भेटीघाटी पारदर्शी हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत बिनिता यादवले विश्वास व्यक्त गरिन् । मस्जिदमा विगतमा भएको अनियमिताका विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेले छानविन गरी आवश्यक कारवाही गर्ने जनाएको छ ।