
नरैनापुर, चैत्र १३, नरैनापुर गाउँपालिका वडा नं ४ जयरामपुरवाका आगलागी प्रभावितपरिवारहरूलाई नेपाल रेडक्रस सोसाइटीद्वारा गैरखाद्य राहत सामग्री वितरण गरिएको छ । उक्त आगलागीबाट १७ घरपरिवार प्रभावित भएका थिए । ती परिवारलाई नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाको अगुवाइमा राहत वितरण गरिएको हो । वितरण गरिएको सामग्रीहरूमा त्रिपाल, भाँडावर्तन र लत्ता कपडा रहेको छ थियो । वितरण कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्ष, सुरक्षा निकाय र नेरेसो गङ्गापुर उपशाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।