लिङ्देनले आफ्नो दल विपक्षीको मोर्चामा नभए : अध्यक्ष लिङ्देन
zeenepal
२०८१ चैत्र १३,
9
Shares
काठमाडौँ — राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल विपक्षीको मोर्चामा नभएको बताएका छन् । प्रमुख प्रतिपक्ष माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीको संयुक्त बैठक बसेको थियो । तर संसद्मा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षीबीच मत मिलेको थियो
घिसिङलाई हटाएको विषयमा विरोधमा संसद्मा एक ठाउँमा उभिए पनि राप्रपा विपक्षीको मोर्चामा नभएको लिङ्देनले बताए ।‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा राम्रो काम गरिरहेका बेला कुलमान घिसिङलाई हटाएर सरकारले राष्ट्र सेवकमाथि ज्यादती गरेको हाम्रो निष्कर्ष हो,’ उनले भने, ‘हामी त्यसको विरोधमा संसद् अवरुद्ध गरेका हौँ । यसमा विपक्षीको मत मिलेको भए पनि हामी विपक्षीको मोर्चामा छैनौँ ।’माओवादी, एकीकृत समाजवादीसहित चार दलको समाजवादी मोर्चाले संघीय गणतन्त्रको पक्षमा बिहीबार प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसविपरीत राप्रपाले मंगलबार राजतन्त्रका पुनःस्थापना, हिन्दूराष्ट्रको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । यही विषयमा विचार नमिल्दा विपक्षीको मोर्चामा राप्रपा सहभागी नभएको हो ।