
एमालेको युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले रास्वपालाई पनि लक्षित गरेर आलोचना गरेका छन् । उनले रास्वपा माओवादीको पछि लागेको भन्दै आरोप लगाएका हुन् । ‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दैछन् । गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरूलाई पनि मेरो सुझाव छ,' ओलीले भने, 'विध्वंस मच्चाएर थाकेका, थकित तत्वहरूको पसिना पुछ्न किन जानुपर्यो प्रधानमन्त्री ओलीले आफू धैर्यतापूर्वक अघि बढ्ने र देश विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिए ।