बास नेपालको केन्द्रिय अध्यक्षमा शिव कुमार बर्मा निर्वाचित
zeenepal
२०८१ चैत्र २४,
33
Shares
नेपालगञ्ज । भ्रष्टाचार बिरुद्ध क्रियाशील संस्था बास नेपालको केन्द्रिय अध्यक्षमा शिव कुमार बर्मा निर्वाचित भएका छन् ।शनिबार नेपालगञ्जमा सम्पन्न संस्थाको दशौं महाधिबेशनले बर्माको नेतृत्वमा २१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यसरी चयन भएको बास केन्द्रिय समितिको उपाध्यक्षमा खुमेस सुबेदी, उपाध्यक्ष महिला दिला शाह, महासिचबमा कल्पना अधिकारी, सचिब पाण्डब पुजारा, सचिब महिला जोशिना थारु र कोषाध्यक्षमा धिरेन्द्र शाही चयन भएका छन् यसैगरी संस्थाको केन्द्रीय सदस्यमा अमर बहादुर शाही,भुपेन्द्र बस्नेत, बसन्ती रोकाया, ललिता बिश्वकर्मा, इश्वर बिक, जुमान सिंह केसी र मनमोहन बर्मा चयन भएका छन् । यसैगरी प्रदेश सदस्यमा क्रमशः सुदुरपश्चिम चिरन्जिबी छेडाल, कर्णाली भगवती बिसी, लुम्बिनी सिम्रत कौर, गण्डकी कमल बहादुर शाही, बाग्मती सागर बोहरा, मधेश गोबिन्द बिष्ट र कोशी इन्द्र बहादुर केसी चयन भएका छन् ।