नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर सम्झौता यता बंगलादेश बैंकका कर्मचारीहरुले भने समान रुपमा लामो समयदेखि एउटै क्षेत्रमा समान हैसियातमा काम गरेका कर्मचारीहरुलाई अन्यय गरेर मर्जर गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले समान हैसियातमा मर्जर पछि कर्मचारीको पदास्थापन नगरिए मन्य नहुने चेतावनी दिएका छन् ।दुई बैंकका सञ्चालक समितिको अनौपचारिक सहमति अनुसार सुरुवातमा नबिल बैंकको हालको पदमा बंगलादेश बैंकका सोही पदका कर्मचारीको तीन पद तल समायोजनको सहमति भएको थियो । तर, बंगलादेश बैंकका कर्मचारी केही अघिदेखि यसमा असन्तुष्टि तीब्र पारेपछि नबिलका व्यवस्थापककले कर्मचारीको पदस्थापनमा अन्यय नहुने अनौपचारिक सहमति गरेका थिए ।
