प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
zeenepal
२०८२ बैशाख ८,
15
Shares
काठमाडौं वैशाख । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।बैठकमा जारी शिक्षक आन्दोलनको सम्बोधनका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठक बस्नुअघि दिएकाले शिक्षामन्त्री विद्या भट्टराई बैठकमा सहभागी छैनन् ।
अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा लगातार प्रदर्शन गरिरहेका छन् शिक्षामन्त्री भट्टराईले शिक्षकका माग सम्बोधनका लागि पटकपटक वार्ता गरे पनि निकास निस्कन सकेको थिएन । अघिल्लो मन्त्रिपरिषद्ले शिक्षकका माग सम्बोधन गर्न संघीय संसद् बोलाउने लगायतका केही निर्णय लिए पनि आन्दोलनकारी शिक्षकहरू आश्वस्त हुन सकेका छैनन् ।