सप्तकोसीमा बेपत्ता व्यक्ति खोज्न सशस्त्रको गोताखोर परिचालन
zeenepal
२०८२ बैशाख ८,
6
Shares
काठमाडौँ । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । सोमबार बिहान खोटाङ्गको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी बस्ने १६ वर्षीय जेनिश आचार्य नदीमा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ताको खोजीमा सशस्त्र प्रहरी नम्बर–१ बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ को टिम परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गोताखोरले घटनास्थल आसपासको क्षेत्रमा खोजी कार्य सुरु गरेको छ ।