काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा करारमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादवविरुद्ध आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दा यादवले ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
ADVERTISEMENT

