सरकार सबैखालका प्राकृतिक विपदको जोखिमलाई न्यूनीकरण गर्न क्रियाशील : गृहमन्त्री लेखक
zeenepal
२०८२ बैशाख १२,
3
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार सबैखालका प्राकृतिक विपदको जोखिमलाई न्यूनीकरण गर्न क्रियाशील रहेको बताएका छन् । साथै खोज, उद्धार तथा निर्माण र पुनर्निर्माणका लागि पनि प्रतिबद्ध रहेको उनले बताए ।२०७२ सालको गोरखा भूकम्पको स्मृतिमा ललितपुर महानगरपालिकाले आज बिहान पाटन दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपदबाट जोगिनका लागि र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए ।
भूकम्पको पूर्वानुमान गर्न नसकिने भन्दै मन्त्री लेखकले जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकता बनाएर बस्न र क्षतिबाट जोगिने तयारी गर्न जरुरी रहेको बताए ।प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षतिको जोखिम धेरै हुने भन्दै उनले प्रकृतिमैत्री गतिविधि हुनुपर्नेमा जोड दिए ।गृहमन्त्री लेखकले मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्र गरेका कामको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन सुझाव समेत दिए ।