नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला
zeenepal
२०८२ बैशाख १५,
12
Shares
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला भएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृति गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधनको समय खुला भएको हो ।
यो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ल्याएका हुन् ।१९ माघ २०८१ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । सोमबार विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । यो सँगै अब विधेयकमाथि सांसदहरूले संशोधन हाल्न सक्नेछन् ।