काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफू देशबाहिर रहँदा राष्ट्रपतिको काम गर्ने जिम्मेवारी उपराष्ट्रपति रामसहाय यादवलाई तोकेका छन् ।अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन कोप–२९ मा भाग लिन प्रस्थान गरेसँगै उनको उपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति यादवलाई तोकेका हुन् ।
नेपालको संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।
ADVERTISEMENT