जनताका समस्या समाधान गर्न झर्को मान्न हुँदैन : उपप्रधानमन्त्री सिंह
zeenepal
२०८२ बैशाख १७,
6
Shares
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसबाट बनेका जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गर्नसक्नुपर्ने बताएका छन् ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्वर ९ ले आयोजना गरेको क्षेत्रीय कार्यसमिति र स्थानीय जनप्रतिनिधिबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीति सेवा हो, बिहानदेखि बेलुकासम्म जनताको समस्या समाधानका लाग्नुपर्छ । झर्काे मान्नुहुँदैन,’ उनले भने ।
नेपाली कांग्रेसको जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गर्नसक्नुपर्ने भन्दै उनले कांग्रेसको कार्यकर्ता भनेपछि जनतालाई आवश्यक्ता पर्दा जति बेला पनि उपस्थित हुन्छ भन्ने प्रभाव छाड्नसक्नुपर्ने बताए ।सिंहले पार्टी नेता कार्यकर्तालाई राजनीतिक घटनाक्रम र आवश्यक विषयमा प्रशिक्षित गर्नुपर्ने बताए ।