काठमाडौं ९ असार। शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा विभिन्न तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरुको बढुवा गरेको छ ।शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराको विभिन्न मितिको निर्णयानुसार बढुवाको लागि निवेदन दिएका ४१ जनालाई बढुवा गरेको सूचनामा उल्लेख छ ।
प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबझेमा सूचना प्रकाशित भएका मितिले ३५ दिनभित्र तोकिएको राजश्व तिरि निवेदन दिन सक्नेछन् ।
ADVERTISEMENT