
यी नौ दिनमा घर–घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्ने गरिन्छ । दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन । यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । यसै दिन दुर्गा भवानीले महिषासुर नामक असुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । टीका, जमरा अनि रमाइलोको वातावरण दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा यो पर्वलाई लिइन्छ । यसबीच नेपालगञ्जमा सञ्चालनमा रहेको १५७औं रामलिलामा बडा दशैको दिनमा रावणको बध गरिएको छ ।
बडा दशैंको अवसरमा रामायणमा आधारित रामलिला अन्तर्गत नेपालगञ्जको रामलिला मैदानमा सञ्चालन भएको रामलिलामा दशमीको दिनमा रावणको बध गरिएको हो ।यो गत १५७ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ भारतबाट आएका कलाकारले बाल्मिकी रामायणमा आधरित रामलिला मञ्चन गदै आएका छन् ।यस्तै घटस्थापनाको दिनदेखि नगर तथा विभिन्न ग्रामीण क्षेत्रमा स्थापित गरिएका दुर्गा प्रतिमाहरु आइतवार नदीमा लगेर विसर्जन गरिएको छ ।