अन्तरदेशीय प्रसारण लाइनमा निजी क्षेत्रको लगानी, हाइड्रोजन ऊर्जाले पायो ठाउँ
zeenepal
२०८२ बैशाख १९,
3
Shares
काठमाडौँ । सरकारले अन्तरदेशीय प्रसारण लाइनमा निजी क्षेत्रको लगानी गर्ने भएको छ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । हालसम्म विद्युत् उत्पादकले विद्युत्लाई राष्ट्रिय ग्रीडसम्म जोड्ने प्रयोजनको लागि मात्रै निजी क्षेत्रलाई प्रसारण लाइन बनाउन दिइँदै आएको छ ।
कार्यक्रमले यो वर्ष हाइड्रोजन ऊर्जाको उत्पादनको विषय समेत कार्यक्रममा परेको छ । यो वर्ष सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन गर्ने व्यवस्था गरिएको संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी दिए ।